डिस्प्ले फुटेको फोन चलाउनु हुन्छ ? सावधान !



काठमाडौं – स्मार्टफोनको स्क्रिन फुट्नु वा छेउतिरबाट चिरा पर्नु एउटा सामान्य कुरा हो । मोबाइलको स्क्रिन निकै सम्वेदनशील हुने गर्छ ।कुनै गल्तीले फोन भुईंमा खस्दा स्क्रिन टुटफुट हुन सक्छ । कतिपय पल्ट तपाईं हामी यस्तो टुटफुट अवस्थामै फोनबाट काम चलाइरहेका हुन्छौं ।

किन कि स्क्रिन मर्मत सम्भार गर्न राम्रै खर्च हुन्छ । तर यसो गर्नु फोनका लागि खतरनाक सावित हुन सक्छ । आज हामी तपाईंलाई स्क्रिन टुटफुट भएको मोबाइल प्रयोग गर्दा हुन सक्ने जोखिमको बारेमा बताउँदै छौं ।


Advertisement

फोनका भित्री पाटपुर्जामा घुस्न सक्छ फोहोर
यदि तपाईं स्क्रिन टुटेफुटेको मोबाइल प्रयोग गर्नु हुन्छ भने चिराको बीचबाट तरल पदार्थ, फोहोर अथवा धुलोमाटो भित्र छिर्न सक्छ । त्यसले फोनलाई पूर्ण रूपमा बिगार्न सक्छ ।

फोनको स्क्रिन त्यस भीत्र रहेका विभिन्न सम्वेदनशील भागहरूका लागि सुरक्षा कवच समेत हो । यस्तोमा जब उक्त तह टुटफुट हुन्छ, जब ती भित्री भागहरूमा फोहोरमैला घुस्न सक्छ र तपाईंको फोन बर्बाद हुन सक्छ ।

टच रेस्पोन्समा समस्या
कुनै मोबाइलको टच डिस्प्ले टुटफुट भएको अवस्थामा त्यसले राम्रोसँग काम गर्दैन । किन कि त्यो आफैंमा फोनको मुख्य भाग पनि हो ।

जहाँबाट फोन प्रयोग गर्ने कार्य हुन्छ । यदि स्क्रिन टुटफुट हुँदा फोनको एक तर्फको डिस्प्लेले काम नगरेपनि अर्कोतर्फबाट काम चलाइरहनु भएको छ भने टचस्क्रिनले पूर्ण रूपमा काम गर्न छोड्न सक्छ ।

आँखामा पर्न सक्छ गम्भीर असर
कम्प्युटर वा मोबाइल फोनको स्क्रिनबाट ब्लू लाइट निस्किने गर्छ भन्ने कुरामा त तपाईं जानकार नै हुनुहुन्छ होला । त्यसले आँखामा क्षति पुर्‍याउन सक्छ ।

माथि चर्चा गरे जस्तै फोनको सुरक्षाका लागि डिस्प्लेमा एउटा तह हुने गर्छ, जुन टुटफुट भएको खण्डमा त्यस्तो लाइटको सिधा असर हाम्रो आँखामा पर्न जान्छ । जुन तपाईं हाम्रो आँखाका लागि खतरनाक साबित हुन सक्छ ।

औंलालाई जोखिममा पार्न सक्छ
स्मार्टफोनका स्क्रिन सिसाबाट बनाइएका हुन्छन् । त्यसैले टुटफुट भएको डिस्ले वाला फोन प्रयोग गर्दा त्यसमा रहेका सिसाका ससाना टुक्राले तपाईंको औंलालाई जोखिममा पार्न सक्छ ।टुटेको डिस्लेमा स्वाइप गर्दा औंला काटिन सक्छ । जुन अनुभव तपाईं भोग्न चाहनु हुन्न ।

रेडियसन उत्सर्जनको खतरा
स्मार्टफोनले त्यसै पनि केही मात्रामा रेडियसन अर्थात विकिरण उत्सर्जन गरिरहेका हुन्छन्, यद्यपि त्यो मानव शरीरमा जोखिम निम्त्याउने तहमा हुँदैन ।

तर जब फोनको स्क्रिन क्र्याक हुन्छ, त्यस्तो अवस्थामा फोनबाट सामान्यभन्दा बढी रेडियसन निस्किन सक्छ । जुन मानव शरीर प्रणालीका लागि जोखिमपूर्ण हुन सक्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.