गुल्मीका किसानको केरा खेतीमा बढ्दो आकर्षण
गुल्मी – गुल्मीको मालिका गाउँपालिका , अर्जै निवासी पितमकुमारी अर्याल ६१ वर्षकी भइन् । बुढ्यौलीतर्फ ढल्किए पनि उनको जाँगर कुनै युवाको भन्दा कम छैन् । २०६४ सालमा ४/५ बोटबाट केराखेती सुरु गरेकी अर्यालले अहिले ४ रोपनी क्षेत्रफलमा केरा र तरकारी खेती गरेकी छिन् । व्यावसायिक रूपमा गरेको तरकारी तथा केरा खेतीबाट चलाउँदै आएको उनले बताइन् । ‘केराखेतीले मैले घरपरिवारको खर्च छोराछोरीको पढाइ खर्चचलाएकी छु, उनले भनिन, गभारो किरा र रोगले समस्या दिएको त छ तर राम्रै भइरहेको छ ।’
अर्यालले जस्तै सोही वडाका धनिश्वर विष्ट वर्षोदेखि केरा र तरकारी खेती गर्दै आएका छन् । बिष्टको कृषिकर्म देखेर जो कोही लोभिन्छन् । उनले तरकारी र फलफूल बिक्री गरेरै घरखर्च र परिवारको दैनिकी धान्दै आएका छन् । विष्टका १ छोरा छन्। उनका २ छोरामध्ये ७ भाइ सरकारी सेवामा ? छोरा अमेरिका र १ छोरा व्यवसायमा आवद्ध छन् । पछिल्लो समय उनलाई छोराले समेत सघाउँदै आएका छन् । शिक्षक समेत रहेका छोरा अर्जुन बिष्टले २०७१ सालदेखि विभिन्न प्रजातिका १ सय ५० बोट फलफूल विस्तार गरेका छन् । विष्ट परिवारले केरा र तरकारी खेतीबाट वार्षिक चारदेखि पाँचलाख रूपैयाँसम्म आम्दानी गरेका छन् ।
पछिल्लो समय ग्रामीणक्षेत्रका कृषकको केराखेतीमा आकर्षण बढ्दै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिक रूपमा केराखेती गर्न थालेका छन् । विषादीको प्रयोग बिना गाउँमै उत्पादन भएकाले केराले राम्रो बजार पाएको छ । लोकल केरा प्रतिगोटा २० रूपैयाँमा गाउँमै खोसाखोस हुन्छ । थोरै लगानीमा छिटो आम्दानी गर्न देखिन्छ ।
मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन्।सजिलै केरा बिक्री सकिने लगायत कारणले किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका हुन् ।
धान, मकैजस्ता अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी लिन सकिने कृषक बताउँछन् । अन्नवाली जस्तो धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि राम्रै हुने भएकाले अन्य बाली लगाउन छोडेर केरा खेती गरिएको कृषकहरूले बताएका छन् । उनीहरूले लोकल मालभोग, मर्चे, हरिसाल, ठूलाकोसे र हजारी केरा उत्पादन गर्दै आएका छन् ।
ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन् । मालिका गाउँपालिकाका प्राविधिक प्यारिलाल फडेराले आवश्यक ज्ञानसिप र माटो अनुसारको विरुवा नरोदा चाहेजति उत्पादन हुन नसकेको बताए। तापक्रम, माटो, हावापानी सबै मिल्नुपर्छ, उनले भने, लाई सरसफाइ उत्तिकै आवश्यक पर्छ ।’
केरामा लाग्ने रोग किरा र प्राविधिक ज्ञानको अभावका कारण गुल्मीका कृषकले केराबाट मनग्य आम्दानी भने लिन सकिरहेका छैनन् । वडा कार्यालयले कृषकको समस्या पहिचान गरी समधान गर्न वडामा कृषि प्राविधिक समेत राखेको छ । व्यावसायिक कृषि तथा फलफूल खेती गर्ने कृषकलाई प्राविधिक मार्फत आफ्ना समस्या राख्न र समधान गर्न उचित कार्यक्रम गरिने जनप्रतिनिधि बताउँछन् ।
जिल्लाका १२ स्थानीय तहमा केरा खेतीको राम्रो सम्भावना छ । कृषि पेशामा भविष्य खोज्दै होमिएका कृषकलाई आवश्यक तालिम, सिप र प्राविधिक ज्ञानको प्रबन्ध मिलाउन सके यसले कृषिक्षेत्रमा टेवा पुग्ने देखिन्छ ।