गुल्मीको मुसिकोट नगरपालिका १ का वडाध्यक्ष घिमिरे मृत फेला



गुल्मी – गुल्मीको मुसिकाेट नगरपालिका वडा नं १  पौदीअमराइका वडाध्यक्ष माेहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


Advertisement
Advertisement

मृतक वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा “परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा ।” यस्तो स्टाटस लेखेका छन् ।

शुक्रवार अपरान्ह घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केकाे पारिवारिक श्राेतले जनाएकाे छ । घिमिरे नेपाली कांग्रेस मुसिकाेट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.