गुल्मीमा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु



गुल्मी – गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६ स्थित घ्युउपानीकी ३१ वर्षीय लक्ष्मी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिए ।

थापा बिहीवार दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी थिईन् । तर, साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीहरूले खोजी गर्दा किरा चौर भीरमुनी उनको शव फेला परेको थियो ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरी उपरीक्षक सारुका अनुसार गाउँकै सामुदायिक वनमा घाँस काट्न गएकी लक्ष्मीको करिब १५–२० मिटर तल भीरमा थापाको मृत शव फेला परेको थियो । स्थानीय र घरपरिवारले खोजीको क्रममा थापालाई भीरमा लडेर मृत अवस्थामा देखेपछि उनीहरुले इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खबर गरेका थिए । त्यसपछि प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको थियो।

मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । मृतक लक्ष्मीका दुई छोरा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.