४ जीपीए ल्याउने विद्यार्थीलाई प्याब्सन गुल्मीले ५० हजार पुरस्कार दिने



Screenshot

गुल्मी –  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४.० जिपिए ल्याउने विद्यार्थीलाई प्याब्सन गुल्मीले जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।


Advertisement
Advertisement
Advertisement

जिल्लाका संस्थागत विद्यालयहरूले यस वर्ष उत्कृष्ट नतिजा हासिल गरेपछि प्याब्सन गुल्मीले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै उक्त घोषणा गरेको हो।
प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवर ले ४.० जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिने जानकारी दिएका हुन्।

यस वर्ष गुल्मीका संस्थागत विद्यालयहरूको नतिजा उत्साहजनक रहेको छ।  जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित रेम्बो इङ्ग्लिस बोर्डिङ हाई स्कूल जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ। विद्यालयले शतप्रतिशत नतिजा ल्याउनुका साथै दुई जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।त्यसैगरी आदर्श विद्या आश्रम विद्यालय, रिडर्स पब्लिक विद्यालय, चक्रेश्वर बोर्डिङ विद्यालय तथा ग्रीन बोर्डिङ विद्यालय ले पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा हासिल गरेका छन्।

 

अध्यक्ष कुँवरले जिल्लाका संस्थागत विद्यालयहरूले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र प्रभावकारी सिकाइका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।  उनले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना समेत दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.