राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीको सभापतिमा श्रेष्ठ निर्वाचित
गुल्मी – राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीको सभापतिमा हरी श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार रातिसम्म सम्पन्न निर्वाचनमा श्रेष्ठले ९९ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी मन बहादुर घर्तीले ९२ मत ल्याए । सभापतिको लागि छ जनाको उम्मेदवारी परेपनि सहमतिपश्चात ४ जनाले उम्मेदवारी फिर्ता लिएर दुई जनाको बीचमा प्रतिस्पर्धा भएको हो ।
उपसभापतिमा जागेश्वर शर्मा, प्रगती राना मगर, निशेष श्रेष्ठ र भरत पोखरेलबीच प्रतिस्पर्धा भएको थियो । जसमा प्रगती रानाले १०१ र निषेश श्रेष्ठले ९१ मत ल्याएर निर्वाचित भएका छन् । सचिवमा १८६ मतसहित देवराज पाण्डे निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी निरोज मरासिनीले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । रास्वपा निर्वाचनमा कुल २४३ मत खसेको थियो ।



