गुल्मीको घमिर भानुपोखरामा खुल्ला फुटबल प्रतियोगिता हुने



गुल्मी – गुल्मीको मालिका गाउँपालिका सात घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ सुमन स्मृति युवा क्लबको आयोजनामा पहिलो पटक घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो ।

कात्तिक २४ गते देखि २६ गते सम्म भानुपोखरा खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको क्लबका सदस्य सुनिल घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने क्लबले उल्लेख गरेको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

फुटबल खेल र खेलाडीको विकास संगै फुटबल खेलाडी उत्पादन गर्ने र फुटबल खेल प्रती जनस्तरसम्मको चासो बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । स्रोत : गुल्मी अपडेट

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.