सर्वोच्चको फैसलालाई प्याब्सन गुल्मीद्वारा स्वागत



गुल्मी – निजी तथा आवसिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गुल्मीले सर्वोच्चको फैसलालाई स्वागत गरेको छ । चैत १४ गते सर्वोच्च अदालतले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि सामुदायिक विद्यालयमा पढ्ने विद्याबीहरु सरह उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति पाउने निर्णय गरेको थियो ।

शुक्रबार प्याब्सन गुल्मीले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै सर्वोच्चको ऐतिहासिक फैसलासँगै सबै छात्रवृत्तिमा विद्यार्थीहरु बिच गरिएको विभेदको अन्त्य हुने भएको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा प्याब्सन गुल्मीका संस्थापक अध्यक्ष दानबहादुर केसीले छात्रवृत्तिमा नेपाल सरकारले संविधान विपरीत सामुदायिक र संस्थागत विद्यालयका नाममा विभेद गरेकोमा त्यसमा प्याब्सनको जित भएको बताएका थिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

संस्थागत विद्यालयमा शिक्षकले निकै मिहिनेतका साथ अध्यापन गराएर विद्यार्थीलाई सर्वोत्कृष्ट बनाउने तर उच्च शिक्षामा छात्रवृत्ति नपाउने डरले कक्षा ७,८ र ९ मा विद्यार्थी सामुदायिक विद्यालयमा स्थानान्तरण गर्ने परिपाटी रहेकोमा अबका दिनमा त्यसको अन्त्य हुने प्याब्सन गुल्मीका संस्थापक अध्यक्ष दानबहादुर केसीले बताए । सरकारले आफै अनुमति दिएर संस्थागत वा निजी विद्यालय संचालन गराउने, नतिजा आउँदा गर्व गर्ने र विद्यार्थी अब्बल हुँदा प्रशंसा गर्ने तर संस्थागत विद्यालयलाई हेलाको दृष्टिकोणले हेरेर सधैं चेपुवामा पार्ने गरेको केसीले बताएका छन् ।

उनले विगत १५ वर्षदेखि संस्थागत विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्ति नदिएर गरेको अन्यायको क्षतिपूर्ति दिलाउन सरकारलाई चुनौती दिए । ‘अहिले प्याब्सनले मुद्दा जित्यो, छात्रवृत्ति समान हैसियतले पाउने निर्णय भयो’ ऐतिहासिक निर्णयलाई स्वागत गर्दै केसीले भने, “हालसम्म विद्यार्थी, शिक्षक र अभिभावकले पाएको अन्यायमा सरकारले क्षतिपूर्ति दिनुपर्ने रु” विभेदकारी निर्णय गर्ने र गराउने प्रति आफूहरू सधैं खबरदारी गर्न तयार रहेको पनि संस्थापक अध्यक्ष केसीको भनाइ छ ।                                                                                                                   गुल्मीका केही पालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय संविधानको बर्खिलाप भएको प्याब्सन गुल्मीका अध्यक्ष दानबहादुर केसीको धारणा छ । उनले सिन्धुलीका सबै स्थानीय तहको यही निर्णय अदालतले उल्टाएर स्वेच्छापुर्ण आफ्ना छोराछोरी पढाउन पाउनुपर्ने निर्णय गरेको नजिक हेर्न गुल्मीका जनप्रतिनिधिलाई आग्रह गरे । संविधानले दिएको अधिकार कसैले चर्चाका नाममा कुण्ठित गरेर गलत निर्णय गर्छ भन्ने त्यो प्याब्सन गुल्मीका लागि मान्य नहुने उनको धारण रहेको छ ।

पत्रकार सम्मेलनमा प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरले सर्वोच्चको फैसलाले अबका दिनमा थप शैक्षिक गुणस्तर बढ्ने र संस्थागत विद्यालयमा पढ्दा विद्यार्थी साथै पढाउँदा अभिभावकका भएको डर अन्त्य भएको बताए । संविधानमै व्यवस्था गरिएको कुरामा पनि प्याब्सनले धेरै संघर्ष गर्नुपरेको बताउँदै पीडितले न्याय पाएको अध्यक्ष कुँवरले बताए ।
गुल्मीका स्थानीय तहले पनि सामुदायिक र संस्थागत विद्यालयमा गरेको विभेदमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरले बताए । उनले शैक्षिक गुणस्तरमा संस्थागत विद्यालयलाई देखाएर आफूहरु माथि उठ्न खोज्ने तर अन्य कुरामा सधैं संस्थागत विद्यालयको बदनाम गर्न खोज्ने परिपाटीको अन्त्य हुनैपर्ने धारण ब्यक्त गरे ।

उनले गुणस्तरीय शिक्षामा आफूहरू सधैं विद्यार्थी, अभिभावक र समाजप्रति बफादार रही काम गर्दै आएको बताएका छन् । पत्रकार सम्मेलनमा जिल्लास्थित क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




Ticker news is only displayed on the front page.