रिडी – तम्घास सडक एक महिनाको लागि बन्द हुने



गुल्मी – मदन भण्डारी राजमार्ग अन्तर्गत  रिडी – तम्घास सडक एक महिनाको लागि बन्द हुने भएको छ । रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै सडक यही वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको छ।

अहिले उक्त सडकका केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न धमाधम भइरहेको छ।२०७९ फागुन २८ गते सम्झौत भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्ने गरि समान्तर इलाइट जेभीले निर्माणको जिम्मा पाएको छ ।

उक्त निर्माण कम्पनीएक अरब ५० करोड ४८ लाख ३२ हजार ९ सय ५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी – तम्घास सडक हुँदै तम्घास बुटवल दैनिक दर्जनौं सवारी आवातजावत गर्ने गर्दछन् । यो बन्द भएसँगै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.