गुल्मीको सिलादीमा आगलागीबाट एक घर जल्यो



गुल्मी – गुल्मीको मालिका गाउँपालिका – ७ घमिर सिलादीको एउटा घरमा शनिबार राति आगलागी भएको छ । आगोले स्थानीय गोठी सुनारको घर जलेको हो । राती एक्कासि घर जल्दा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सुनारको ढुङ्गा, माटोले बनेको र  खरको छानो भएको २ तले कच्ची घरमा  राति १०:३० बजेतिर आगोलागी भएको हो । आगलागी घटनाको खबर पाएपछि  मर्भुङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा प्रहरी टाेली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।


Advertisement
Advertisement

आगलागीबाट घर पुर्णरुपमा क्षति भएको छ भने घरभित्र राखिएकोअन्नपात, काठदाउरा, लत्ताकपडा, नागरिकता, लालपुर्जा र  नगद ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार घटनामा मानवीय र चौपाया क्षति भएको छैन । घमिर सिलादीमा १६ घरपरिवार सुकुम्बासी लामो समयदेखि बस्दै आएका छन् । सुनार पनि सुकुम्बासी हुन् । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

घर जलेर पुर्ण क्षति भएपछि सुनार छोराको घरमा बसेकि छन् । केहिदिन यता लगातार भइरहेको अविरल बर्षाका कारण आगोले ठुलो क्षति बाट बस्ती नै बचेको स्थानीयको भनाइ छ ।आगलागी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.