रुपन्देहीमा जोहाङ्ग तिलोत्तमा युवा समाज गठन



गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका – ६ जोहाङ्गबाट रुपन्देहीमा बसोबास गर्ने युवाहरुको सक्रियतामा जोहाङ्ग तिलोत्तमा युवा समाज गठन गरिएको छ । रुपन्देहीमा बसोबास गर्ने युवालाई जोड्ने उदेश्य सहित गठन गरिएको युवा समाजको डिलुराम भण्डारीको अध्यक्षतामा १५ सदस्यीय समिति बनेको छ।

शनिबार ९२ वर्षीय जेष्ठ नागरिक डिलिराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यसमिति गठन गरिएको हो ।


Advertisement
Advertisement

उपाध्यक्षमा सुरज न्यौपाने (नाना), सचीव कविराज भुसाल, सहसचिव रमेश न्यौपाने, कोषाध्यक्ष आत्मराम भण्डारी (गोकुल) रहेका छन् । यस्तै सदस्यमा हरि भुसाल , शंकर न्यौपाने,सन्तोष ढकाल,सुर्यमणी ढकाल,मेश न्यौपाने,इश्वरी भण्डारी,सरोज भुसाल, सुनील भण्डारी, नारायण भुसाल,केशव भण्डारी र गोकुल भण्डारी रहेका छन् ।

बाध्यतामा शहर झरेका युवाले गाउँको स्मरण गर्दै कोखदेखी शोकसम्म, रोडदेखी महलसम्म सेवामा लाग्ने उदेश्य युवा समाज गठन गरिएको अध्यक्ष भण्डारीले बताए ।

सत्यवती गाउँपालिकाको जोहाङ्गबाट रोजगारी तथा बसोबासको सिलसिलामा रुपन्देहीमा बसोबास गर्नेलाई गोलबद्ध गर्दै सहयोग आदानप्रदानको लागि युवा समाज गठन गरिएको बताइएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.