रेसुंगा नगरपालिकाले दियो मंगलबार सार्वजानिक बिदा



गुल्मी – गुल्मीको रेसुंगा नगरपालिकाले आज (मंगलबार) सार्वजानिक बिदा दिएको छ । गत साउन १४ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार कृष्ण जन्माष्टमीको भोलीपल्ट अर्थात् आज सार्वजानिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

रेसुंगा नगरपालिकाले भदौ ७ गते एक सूचना जारी गर्दै मंगलबार नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजानिक बिदा दिइएको हो । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य बनाउनका लागि नगरपालिका कार्यालय,वडा कार्यालय,विद्यालय,स्वास्थ्य संस्था लगायत नगरपालिका मातहतका सम्पूर्ण निकायउमा सार्वजानिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।


Advertisement
Advertisement


श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरु गरेर यो पर्व मनाउने प्रचलन बषौंदेखि रहदैं आएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बरु पन्थीद्धारा हस्ताक्षरित सूचनामा प्रत्येक बर्ष कृष्ण जन्माष्टमी पर्वको भोलीपल्ट जिल्लाको सदरमुकाम तम्घास बजारमा सांस्कृतिक रोपाइँ जात्रा हुने हुदाँ नगरबासीको सहभागीतालाई सहज र कार्यक्रमलाई भव्य बनाउका लागि सार्वजानिक बिदा दिइएको बताइएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.