गुल्मीको मुसिकोट १ को वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी
गुल्मी –गुल्मीको मुसिकोट नगरपालिका -१ को वडा अध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दल बहादुर थापाले ९ सय ३० मत ल्याए । श्रेष्ठले २ सय ५४ मतको मतान्तरले विजयी हासिल गरेका हुन्
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर बिकले १ सय ४३ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास थापाले ४३ मत पाए भने राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार ईश्वरी खाती क्षेत्रीले ५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार योगेन्द्र खरेलले १ मत लिएका छन् । स्वतन्त्र उम्मेदवार कुल बहादुर थापा र पोमानन्द खरेलले मत प्राप्त गर्न सकेका छैनन् ।
यहाँ खसेको २ हजार ३ सय ३४ कुल मत खसेको थियो । जसमा एक हजार ४० पुरुष र एक हजार दुई सय ९४ महिलाले मतदान गरेका छन् । ५७ दशमलव ०५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेको कुल मतमा २८ मत बदर भएको थियो ।
वडामा ४ हजार ९१ जना मतदाता रहेका छन् । मुसिकोट नगरपालिका १ को वडाध्यक्ष पदका लागि ५ जना विभिन्न दल र तीनजना स्वतन्त्र गरेर ८ जनाले उम्मेदवारी दिएका थिए । सम्पन्न २०७९ को स्थानीय तहको निर्वाचनमा त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएको थियो । वडाध्यक्षको रिक्त पदमा अहिले उपनिर्वाचन भएको थियो ।