रेसुङ्गा माविले जित्यो छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि



गुल्मी  – गुल्मीको रेसुङ्गा नगरपालिकाले संचालन गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ । सोमबार जिल्लाको सदरमुकाम तम्घासस्थित चिदिचौर खेलमैदान सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, १० रजत र चार कांस्य सहित रेसुङ्गा माविले उपाधि जितेको हो । प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कांस्य पदक हात पार्दै सिद्धबाबा माध्यमिक विद्यालय द्घितीय र आठ स्वर्ण, सात रजत १३ कांस्य पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतीय हुन् सफल भएका हुन् ।

रेसुङ्गा नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरुमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम,दास्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए । प्रतियोगितामा सबैभन्दा धेरै महेन्द्र माध्यमिक विद्यालयले २८ पदक जितेको भएपनि स्वर्ण पदक महत्वपूर्ण भएकोले रेसुङ्गा माध्यमिक विद्यालयले उपाधी हात पारेको हो । प्रतियोगितामा विजेता,उपविजेता र तृतीया हुनेले क्रमश : १८ हजार,१३ हजार र नौ हजार पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएका हुन् । प्रतियोगितामा विधागत प्रथम द्धितीय र उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको पन्थीले बताए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

रेसुङ्गा नगरपालिकाले आयोजना गरेको स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र र छात्र दौड, छात्र र छात्राबीच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्ट लगायतका खेलमा प्रतिस्पर्धा भएको थियो । माघ ४ गतेदेखि संचालन भएको प्रतियोगितामा नगरपालिकाका १७ वटा विद्यालयले सहभागिता जनाएका थिए । राङबास माध्यमिक विद्यालय र जन विकास माध्यमिक विद्यालयको सहभागिता नरहेको नगरपालिकाले जनाएको छ ।


जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले खेलकुदले विद्यार्थीलाई अनुशासित, जिम्मेवार बनाउने बताउँदै खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खत्रीले आगामी दिनमा स्थानीय तहले खेलकुद प्रतियोगितालाई थप विस्तार गरेर विभिन्न खेललाई नगरस्तरीय, अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगितासम्म पुर्याउने योजना बनाउनु पर्ने बताए ।

विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख खिलध्वज पन्थीले विद्यार्थी एवं युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै खेलाडी र खेल क्षेत्रको विकासका लागि विभिन्न प्रतियोगिता संचालन गर्दै आएको बताए । उनले विद्यार्थी एवं युवा खेलाडीहरुको पक्षमा नगरपालिका रहेको बताउँदै नगरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने आफुहरुको लक्ष्य रहेको बताए ।

रेसुङ्गा नगरपालिकाको पहिलो र पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माध्यामिक विद्यालयले जितेको थियो। द्रोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयले जितेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.