विद्यार्थीलाई आयआर्जनमा जोड्दै एकसिङ्ग मावि



गुल्मी –  सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै गईरहेको खबर प्रायः सुनिन्छन् । सरकारले ठुलै शैक्षिक योजना बनाएर सामु्दायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउने योजना बनाएपनि लगानी अनुरुपको प्रतिफल हाँसिल गर्न सकेको छैन् । तर,कतिपय विद्यालयले भने शैक्षिक उपलब्धि हाँसिल गर्न भरपुर मेहेनत गरिरहेका छन् । कति विद्यालयले राम्रै नतिजा ल्याएका छन् त कतिले शैक्षिक सुधार र विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि अभियान नै चलाएका छन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

सिंह दरवारको अधिकार गाउँमा बाकेर नागरिकको दैलोमा आएको स्थानीय सरकारले पनि खस्किदो शिक्षाका गुणस्तर बढाउन हरदम प्रयास गरिहरेका छन् ।

गुल्मीका केही विद्यालयले विद्यार्थीलाई सिक्दै सिकाउँदै समेत गरेका छन् । विद्यार्थीलाई सैद्धान्तिक संगै व्यावहारि ज्ञान प्रदान गरिरहेका छन् । पछिल्लो समय जिल्लाको सत्यवती गाउँपालिकाको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानसंगै आयआर्जनमा जाड्न थालेको छ । सत्यवती गाउँपालिका –४ स्थित एकसिङ्ग माध्यमिक विद्यालयले अध्ययन संगै विद्यार्थीलाई आयआर्जनमा जोडेको हो । विद्यालयले जग्गा भाडामा लिएर कक्षा ९ मा अध्ययनरत विद्यार्थीमार्फत कृषि कार्यक्रम संचालन गरेको छ । जसअन्तर्गत अहिले विद्यार्थीले विद्यालय नजिकै च्याउ,टमाटर,आलु खेती गरिरहेका छन् । उनीहरु मौरी पालनमा पनि जोडिएका छन् ।

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गरेर विद्यार्थीलाई उत्पादनमा जोड्न विद्यालयमा कृषि कार्यक्रम संचालन गरिएको प्रधानाध्यापक चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनले फुर्सदको समयमा विद्यार्थीहरुलाई पराम्परागत खेती र पुरानो कृषि प्राणालीबारे जानकारी दिने र उनीहरुलाई श्रमसंग जोडेर व्यावसायिक बनाउका लागि यो कार्यक्रम संचालन गरिएको बताए । विद्यार्थीले उत्पादन गरेका आलु, टमाटर, च्याउ हाल स्थानीय बजारमा खपत भईरहेको छ ।माहुरीबाट उत्पादित मह र उपजबाट भएको आम्दानी विद्यालयको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत खर्च गरिने प्रधानाध्यापक ज्ञवालीले बताए । सत्यवती गाउँपालिकाभित्रका माध्यामिक तहका सबै विद्यालयमा कृषि कार्यक्रम अन्तर्गत विद्यार्थीलाई श्रमसंग जोडिएको छ ।

गाउँपालिकाले दुना टपरी बनाउने तालिम, गुड फराइडे, र विद्यालयमै नौमति बाजा बजाउने जस्ता लगायतका कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिए । गाउँपालिका अध्यक्ष पाण्डेका अनुसार पछिल्लो समय सैद्धान्तिक ज्ञान संगै व्यवहारिक ज्ञानलाई पनि संगै अगाडी बढाउने उदेश्यले गाउँपालिकाले कृषि संग विद्यालर्थीलाई जोडिएको छ । बढ्दो वैदेशिक रोजगारीलाई रोक्दै कृषि पेशाबाट उत्पादन बढाउने र रोजगारीको सिर्जना गर्न विद्यार्थीलाई अहिलेबाटै कृषि पेशामा प्रोत्साहन गरेको उनले बताए ।

गुल्मीको मालिका गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार बर्षका रुपमै घोषणा गरेको थियो । गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा पुगेर विद्यालय,शिक्षक र विद्यार्थीका समस्या पहिचान गरेर समधानका उपाय खोजिरहेको छ । विगतका बर्षमा भन्दा यो अभियान पश्चात् केही शिक्षाका केही सुधारका आयाम आएको पालिकाले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.