आर्थिक अभावका कारण गुल्मीमा आठ महिने शिशुको उपचारमा समस्या



छोराको उपचारमा आर्थिक अभाव भएपछि अस्पतालको बेडबाटै आर्थिक सहयोगको याचना गर्दै आमा सुमित्रा परियार तस्बिर :गुल्मी खबर

 गुल्मी –  मदाने गाउँपालिका –३ सिर्सेनी सिमकी सुमित्रा परियार अहिले उमेरले २५ वर्षकी भइन् । उनी जन्मजातै कान सुन्न र बोल्न सक्दिनन् । उनले उपल्लो तम्घास माध्यमिक विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरिन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढाई त्यही रोकियो । पढाई छोडेर उनी गाउँ फर्किएर परिवारलाई घरयासी काममा सघाउन थालिन् । त्यसको केही समयपछि उनको मालिका गाउँपालिका ५ छापका काकु परियारसँग विवाह भयो । अहिले उनको विवाह भएको पनि दुई वर्ष वितिसक्यो । उनका श्रीमान सुन्न सक्छन् त बोल्न सक्दैनन् । उनीहरुलाई पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ । छोरा जन्मिएको २५ दिनपछी उनी सुत्केरी बस्न माइती घर सिर्सेनी गईन् । सुत्केरी बस्न गएकी उनी हालसम्म माइतीकै साहारामा बसेकी छन् । अहिले छोरा साहारा परियार आठ महिनाको भए । छोरा साहारा विगत केहीदिन देखि बिरामी छन् । उनलाई स्वासप्रस्वासमा गाह्रो भएपछि फागुन ९ गते राति छिमेकीको गाडीमा गुल्मी अस्पतालमा ल्याइयो ।

अस्पतालमा स्वास्थ्य चेकजाँच गर्दा छोरालाई निमोनिया देखियो । डाक्टरले केहिदिन अस्पतालमा बच्चाको भर्ना गरेर उपचार गरिने बताए । उनको परिवारले भोलीपल्ट दिउँसो शिशुको भर्ना गर्यो । अस्पतालले एसडियुमा भर्ना गरेर छोराको उपचार गर्न थालेको केहीदिन बित्यो । तर, बच्चाको स्वास्थ्य अवस्थामा सुधार नआएको अस्पतालका डाक्टर विद्या पन्थी सुनारले बताइन् । बच्चालाई नियोनियाले वढि गालिसकेकाले जिल्ला बाहिरका सुबिधासम्पन्न अस्पतालमा थप उपचारको लागि लग्न डाक्टरले परिवारलाई आग्रह गरे । डाक्टर विद्याका अनुसार बिरामीलाई जतिबेला पनि आइसियु वा भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले जतिसक्दो छिटो सुविधासम्पन्न अस्पतालमा लैजान अस्पतालले सुझाव दिएको थियो । तर,छोरालाई थप उपचार गर्ने पैसा नभएपछि आमा त्यही अस्पतालमा बस्न बाध्य थिइन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

नातिको उपचारका मावली हजुरबुबा भेषबहादुर कामी पनि उनीहरु संगै छन् । आर्थिक अभावका कारण अस्पतालमा आमा र शिशु दुबैको बिचल्ली बनेको थियो । छोरा साहारा रहेको अस्पतालको वेड वरपर अन्य बिरामी पनि छन् । भर्ना भएका अरु बिरामीले गरेको कुरा सुमित्राले देख्न सक्छिन तर सुन्न र बोल्न सक्दिनन् । त्यस कारण पनि उनले आफूलाई परेको पीडा कसैलाई व्यक्त गर्ने त कुरै भएन । श्रीमान काकुका घरमा पनि बुवा, जेठो दाई र माइलो दाई पनि अपाङ्ग छन् ।

काकु पनि आफैमा अपाङ्ग छन् । विवाह भएको केही समयसम्म सम्बन्ध ठिकै रहेपनि अहिले घर परिवारले वेवास्ता गरेका कारण सुमित्रा माइतिकै सहारामा छिन । बुवा भेषबहादुरले नातीको जिवन बचाउन उनीसंगै अस्पतालमा धाएका छन् । आर्थिक अभावका कारण बच्चाको उपचारका लागि जिल्ला बाहिर नगएपछि गुल्मी अस्पतालले सामाजिक सुरक्षा कोषबाट खाना र औषधीको व्यवस्था गरेको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । आइतबार विहान रेसुंगा नगरपालिका –१० सिमिचौरका कृष्णकुमार बस्नेतले आमालाई लिएर अस्पताल आए । उनले आमालाई निमोनिया देखिएपछि अहिले त्यही भर्ना गरेर उपचार गराई रहेका छन् । बिरामी आमा नजिकैको वेडमा उनले निन्यौरो अनुहारमा आमा र बच्चा देखे । बस्नेतले त्यी आमालाई केही सोधे तर, उनीबाट केही वक्य आएन । अस्पतालमा भर्ना भएका अन्य बिरामीले उनीहरु केही दिनदेखि त्यही रहेको बताए । बिरामी बच्चाको आमा नबोल्ने सुनाए । आर्थिक अभावले बच्चाको थप उपचारका लागि अनेत्र नगएको थाहा पाए ।

आमा भोकाएको महशुस गरेर त्यस दिन दिउँसो नास्ता पानी खुवाएको उनी बताउँछन् । अस्पतालले बिरामी रेफर गरेपनी आवश्यक उपचार खर्च नहुँदा लैजान नसकिएको हजुरबुबा भेषबहादुरले बताए । उनले आफूसंग भएको पैसा यही अस्पतालमा सकिएको सुनाए । बस्नेतले यस्तो बेलामा सुत्केरी आमाले पौष्टिक तत्व भएका खानेकुरा खानुपर्ने हो तर,गरिबीकै कारण भोकै बस्नुपर्नेे विडम्बना रहेको सुनाए । “यो देशमा गरिब,विपन्न र अशक्त नागरिकले पैसा अभावकै कारण आफ्नो ज्यान गुमाउनु परेको छ,आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका कारण जीवन जाने अवस्थामा रहेका व्यक्तिहरू उपचारको जिम्मा राज्यले लिनुपर्छ,” उनले भने । उनले आर्थिक अभावकै कारण अस्पतालमा छटपटाई साहाराको उपचारका लागि सबैमा सहयोगको अपिल गरे ।

बिरामी बच्चाको घरमा खबर दिएपनि उनको परिवार अहिलेसम्म सम्पर्कमा आएको छैन् । बोल्न नसक्ने सुमित्राले आँखाबाट आसु निकाल्दै हातको इसराले छोरा बचाइदिन आग्रह गरेकी थिइन् । उनको माइती परिवारले ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएको छिमेकी खिमानन्द भट्टराईले बताए । थप उपचार गर्न बाहिर जान डाक्टरहरुले सुझाव दिएपनि आर्थिक अभावको कारण पीडित परिवारले बेड छोड्न नसकेको उनले बताए । आइतबार दिउँसो हजुरबुबा नातिको उपचारका लागि पैसा जोहो गर्न गाउँ गएका थिए । तर, केहि उपाय नभएपछि सोबार विहानै खाली हात अस्पताल फर्किएको भट्टराइले जानकारी दिए ।

बिरामी छोरा बचाउने भगवानसंग प्राथाना गर्दै आमा अस्पतालको वेडमा छट्पटाई रहेकी छन् । छोरा हेर्दै आँसुले दिनरात कटाउँदै आएकी सुमित्रालाई सोमबार केही राहत महशुस भएको छ । पत्रकार र अधिकारकर्मीहरुले बच्चाको थप उपचारको लागि बाहिर पठाउन सहजीकरण गरिरहेका गरे ।सोमबार दिउँसो उनलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । अस्पतालले निशुल्क एम्बुलेन्स सेवा प्रवाह गरेको छ भने पत्रकारको आग्रहमा उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । पीडित परिवारको सहजीकरणको लागि प्रशासन र सिर्सेनी समाजसंग समन्वय बिरामीलाई बुटवल पठाएको नेपाल पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । मानव अधिकारकर्मी समेत रहेका अर्यालले बच्चाको अवस्था दयानीय भएकाले पीडित परिवारलाई राहत दिलाउन आफूहरुले सहयोग गरेको बताए । उनले निमोनियाले च्याँपेको बच्चा थप उपचारमा सहजीकरण गर्ने सबैमा धन्यबाद दिए ।

माइतीले आफ्नो पहुँच माथिल्लो निकायमा नभएको बताउँदै बच्चाको उपचारका लागि सबैमा आर्थिक सहयोगको याचना छन् । मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गरिब,विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यलाई थप उपचारका लागि पालिकाले केही आर्थिक सहयोग प्रदान गर्दै आएको बताइन् । गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षा राख्नु सबैको दायित्व रहेको बताउँदै उपाध्यक्ष खड्काले परियारको उपचारमा देश विदेशमा रहनुहुने सबैले सक्दो सहयोग गर्न आग्रह गरिन् ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.