दास्रो गुल्मी महोत्सवको तयारी तीव्र



गुल्मी –  गुल्मीको सदरमुकाम तम्घास नुनथलामा आगामी वैशाख ५ गतेदेखि सुरु हुन लागेको दास्रो गुल्मी महोत्सवको तीव्र पारिएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “दोस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला २०८१” हुदैँं छ । महोत्सवको समय नजिकिए संगैै महोत्सव लक्षित गतिबिधि वढ्न थालेका छन् । आयोजकले महोत्सवको तयारीलाई तीव्रपारिरहेको छ । अहिले महोत्सव स्थलमा स्टल निर्माण, बालउद्यान, घेराबार पर्खाल निर्माण लगायतका काम चलिरहेका छन् । त्यस्तै मञ्च निर्माण गेट निर्माण तथा मेलाको प्रचारप्रसारको कार्यलाई तीव्र पारिएको गुल्मी चेम्बर अफ कमर्सका महासचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिए ।

महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन कमर्सले उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरी परिचालन समेत गरिसकेको छ । महोत्सवको जिल्लाका १२ वटै पालिका तथा अन्य ठाउँमा महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तिव्र पारिएको संस्थाका महासचिव पन्थीले बताए । उनले महोत्सवको माध्यमबाट जिल्लाका कला संस्कृति र मौलिकता संरक्षण गरिनुका साथै त्यसको थप प्रचारप्रसार गरिने बताए । महोत्सवमा स्टल राख्ने स्थानीय व्यापारी र उद्यमीलाई सहुलियत प्रदान गरिने महासचिब पन्थीले जानकारी दिए । महोत्सवमा नेपाली कला संस्कृति र झाँकीसहित यहाँका स्थानीय खानालाई समेत जोड दिइने बताइएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Img 4810

यस महोत्सवबाट ३० करोडको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ भने डेढ लाख दर्शकले मेलाको अवलोकन गर्ने बताइएको छ । आयोजकले महोत्सवमा प्रवेश शुल्क समेत निर्धारण गरेको छ । जसमा प्रतिव्यक्ति एक सय रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश र विद्यार्थीको हकमा ५० प्रतिशत छुट दिईने उपाध्यक्ष वीरेन्द्र भुसालले बताए ।

Gulmi second

 

जिल्लाको व्यापार व्यवसाय र आर्थिक चलायमान गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव संचालन गर्न लागेको गुल्मी चम्बर अफ कमर्सका अध्यक्ष दुर्गा पाण्डेले जानकारी दिए । महोत्सवका लागि स्थानीयको १० रोपनी जग्गा भाडामा लिइएको छ । जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय कला संस्कृतिको संरक्षण र खेलकुद क्षेत्रको विकास तथा गुल्मीमा आर्थिक गतिविधि चलायमान बनाउन यस महोत्सवले ठूलो टेवा पुग्ने अध्यक्ष पाण्डेको भनाई छ । दोस्रो गुल्मी महोत्सव आगामी वैशाख ५ गतेदेखि १७ गतेसम्म चल्ने छ ।

 

Mahaotsab 02

दास्रो गुल्मी महोत्सवमा दुई सय ८० वटा स्टल रहने छन् । जसमध्ये केही स्टल यहाँ स्थानीय स्तरमा उत्पादित कृषि तथा घरेलु सामानहरूलाई निःशुल्क व्यावस्था गरिएको आयोजकले जनाएको छ । गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई यो महोत्सवले प्राथमिकता राखेको आयोजकको दाबी छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.