वर्षाका कारण गुल्मीका विभिन्न सडक अवरुद्ध



गुल्मी – आइतवार दिउँसोदेखि परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानका सडक अबरुद्व भएका छन । पानीका कारण कतै खोलामा पानीको बहाव बढेको त कतिपय स्थानका सडकमा पहिरो खसेर सडक पुर्णरुपमा नै अबरुद्व भएका छन । जिल्लाको सत्यवती गाउँपालिका – ६ स्थित डहरे खोलामा पानीको अत्यधिक बहाव बढेका कारण रिडी वामी सडकखण्ड अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अहिले कालीगण्डकी करिडोर र रिडी–वामी–तम्घास सडकखण्डहरूमा यातायात ठप्प भएको छ। कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ स्थित गरगरे, वडा नं २ को मुल्क र वडा नं ३ कनौटा क्षेत्रमा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डिएसपी९डिएसपी०गङ्गा बहादुर सारुले जानकारी दिए ।


Advertisement

त्यस्तै,पानीका कारण रुरु गाउँपालिका–३ सल्लेरीमा पहिरो खस्दा रिडी–तम्घास सडकसमेत अवरुद्ध बनेको छ। यद्यपि, थोर्गा हुँदै सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग खुला रहेको प्रहरीले जानकारी दिएको छ।

रुरु गाउँपालिका वडानम्बर – ३ सल्लेरीमा पहिरो खस्दा रिडी–तम्घास सडकसमेत अवरुद्ध बनेको छ। यद्यपि, थोर्गा हुँदै सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग खुला रहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय प्रशासन, प्रहरी र सरोकारवाला निकायहरूसँगको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन समय लाग्न सक्ने अनुमान गरिएको छ । अवरुद्व सडक तथा अन्य स्थानबाट यात्रा गर्नुपरे आवश्यक सावधानी अपनाएर र सडक बारे जानकारी लिएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।


Ticker news is only displayed on the front page.