गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला



Advertisement
विज्ञापन

 गुल्मी — गुल्मीको लामकाने सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थल किटनीका ५६ वर्षीय शिवबहादुर घर्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिए।

भदौ १५ गते बिहान करिब ९:५० बजे मदाने गाउँपालिका–७ करङकारुखस्थित लामकाने सामुदायिक वनमा ढलेको सल्लाको हाँगामा पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको डिएसपी सारुले बताए। घर्ति झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

वनमा मृत भेटिएका घर्ति भदौ ८ गतेदेखि घरबाट सम्पर्कविहीन रहेका थिए। एक हप्तासम्म सम्पर्कविहीन भएपछि परिवार, आफन्त र प्रहरीले निरन्तर खोजतलासी गरिरहेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापा नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक विष्णुबहादुर गाहा नेतृत्वको टोली खटिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.