सुनको मूल्य एकैदिन ३ हजारले बढ्यो



काठमाडौं – नेपाली बजारमा सुनको मूल्य  आज ३ हजार रुपैयाँले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख  ३८ हजार पुगेको हो।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको थियो। सो दिन  प्रतितोला सुन २ लाख ३५ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि आकासिएको छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो शुक्रबार प्रतितोला चाँदी ३ हजार ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो।


Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.