झापामा जङ्गली हात्तीको त्रास: साँझ हुल बाँधेर नेपाल पस्छन्, विध्वंस मच्चाएर भारत फर्कन्छन्



भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे। तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन्।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए। तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो। हात्तीको आक्रमणमा परेर उनी घाइते भए।

हाल उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गरेकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

मेचीनगर–४ स्थितप्रसाद गौँडाबाट दैनिक साँझ नपर्दै हुल बाँधेर नेपाल पस्ने हात्ती बिहान उज्यालो हुने बित्तिकै भारततर्फ फर्कन्छन्। तर, कहिलेकाहीँ हुलबाट छुटेका हात्तीले बस्ती पसेर धनजनको क्षति गर्दै आएको घटना धेरै पुरानो भएको छैन।

बाँस्तोलालाई घाइते बनाएको हातीले स्थानीयको पाक्न लागेको एक बिघा जमिनको धानसमेत खाएपछि आक्रोषित बन्नु भएका ७५ वर्षीय मदन राईले हात्ती नियन्त्रण गर्न माग गरिन्।

उनले दुःख गरेर किसानले लगाएको बालीनाली हात्तीकै कारण घर भित्र्याउन नपाएको सुनाए। ‘वर्षभरि खानका लागि भनेर दुःख गर्‍यो, पाकेर थन्क्याउनै पाइँदैन’, उनले भने, ‘कि सरकारले नियन्त्रण गर्नुपर्‍यो कि सुरक्षा दिनुपर्‍यो। यस्तै हो भने घरेलु हतियार प्रयोग गरेर भए पनि आफ्नो सुरक्षा गर्नुपर्ने दिन आइसक्यो।’

मेचीनगर मात्र होइन भद्रपुर नगरपालिका, विर्तामोड, अर्जुनधारा, दमकलगायतका क्षेत्रमासमेत जङ्गली हात्तीको उत्तिकै त्रास छ। भद्रपुर नगरपालिका–१० का ५५ वर्षीया यदुनाथ न्यौपाने पाक्न लागेको धान रातभर जाग्राम बसेर रुङ्ने गरेको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




Ticker news is only displayed on the front page.