नेपाल सरकारद्वारा भू- उपयोग नियमावली स्वीकृत, अब जग्गाको कित्ताकाट खुल्यो
काठमाडौं – नेपाल सरकारले भू–उपयोग नियमावली संशोधन गरेसँगै अब जग्गा सम्बन्धी कित्ताकाट खुल्ने भएको छ ।
संघिय मन्त्रिपरिषद् बैठकले भू -उपयोग नियमावली २०७९ तेस्रो पटक संसोधन गरेर स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो ।
धेरैजसो पालिकाहरूले जग्गा वर्गीकरण गर्न नसक्दा देशभरका करिब ५ सय पालिकामा कित्ताकाट रोकिएको अवस्थामा संशोधित भू-उपयोग नियमावली स्वीकृत भएसँगै अब जग्गाको कित्ताकाट हुने भएको हो ।
२०८१ भदौ २७ मा भू-उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असार मसान्तसम्मको समय दिइएको थियो ।
भू-उपयोग सम्बन्धी जग्गाको वर्गीकरणको समस्याका कारण लामो समय कित्ताकाट रोकिएको अवस्थामा मन्त्री परिषद् बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेपछि अब कित्ताकाट खुलेको हो ।


























