गुल्मीमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



Screenshot

गुल्मी –  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको आयोजनामा गुल्मीको तम्घासमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमालाई शहरकेन्द्रित सेवा मात्र नभई ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत विस्तार गर्ने उद्देश्यसहित, ग्राहकलाई बीमाको महत्व, प्रक्रिया तथा पछिल्लो अवस्थाबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो।


Advertisement
Advertisement

कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक रामजी ढकालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देशभर १२७ भन्दा बढी शाखासहित सफल र स्थापित निर्जीवन बीमा कम्पनीका रूपमा विश्वसनीय सेवा प्रदान गर्दै आएको जानकारी दिए। बीमा दाबी भुक्तानीलाई समयमै सम्पन्न गर्नु कम्पनीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै, हालैको जेन्जी आन्दोलनमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको र त्यसको आधाभन्दा बढी रकम कम्पनीले भुक्तानी गरिसकेको उनले बताए।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउन सफल कम्पनीका रूपमा पहिचान पाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीका नायबप्रबन्धक नवराज पराजुलीले बताए।

अन्तरक्रिया सत्रमा सहभागीहरूले निर्जीवन बीमामा देखिने समस्या, दाबी भुक्तानीमा लाग्ने समय, कागजातको झन्झट, पुराना सवारीसाधनको बीमा शुल्क बढ्नु तथा म्याद थप गर्दा लाग्ने अतिरिक्त शुल्कबारे प्रश्न उठाएका थिए।

सहभागीहरूले साना दाबी भुक्तानीमा ढिलाइ हुने, आवश्यक कागजात संकलनमा कठिनाइ हुने तथा पुराना सवारी साधनको बीमा शुल्क किन उच्च भएको हो भन्नेबारे कम्पनीसँग स्पष्टीकरण माग गरेका थिए।

विपत् वा जोखिमका बेला “खरानी वा जीरोबाट हिरो बनाउने माध्यम नै बीमा” भएको उल्लेख गर्दै, नागरिकमा बीमा जागरुकता विस्तार, बीमाको दायरा वृद्धि तथा जोखिम न्यूनीकरणका साथै ग्राहकलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा स्थानीय व्यवसायी, विमीत तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.