विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
" विद्यार्थीहरुको स्वास्थ्यको रक्षा गर्न, पढाइमा ध्यान केन्द्रित गर्न, चिसोबाट लाग्ने विभिन्न रोगहरुबाट बचाउन, विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिति गराउन तथा आत्मसम्मान र मनोबल बृद्धि गर्न न्यानो कपडा वितरण गरिएको पाण्डेले बताउनुभयो । "गुल्मी – नेपालकै कान्छा ज्योतिष चुरामणी पाण्डेले आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । उहाँले अध्ययन गरेको रेसुङ्गा नगरपालिका–१० सिमिचौरस्थित भगवती माध्यमिक विद्यालयका एक सय ८२ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
बुधबार विद्यालयमै पुगेर विद्यार्थीहरुलाई एक लाख बराबरका स्वीटर र टोपि वितरण गर्नुभएको हो । भगवती माविमा सिमिचौर लगायत आसपासका क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । पाण्डेले उक्त विद्यालयमा कक्षा ७ र ८ मा अध्ययन गर्नुभएको थियो ।
विद्यार्थीहरुको स्वास्थ्यको रक्षा गर्न, पढाइमा ध्यान केन्द्रित गर्न, चिसोबाट लाग्ने विभिन्न रोगहरुबाट बचाउन, विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिति गराउन तथा आत्मसम्मान र मनोबल बृद्धि गर्न न्यानो कपडा वितरण गरिएको पाण्डेले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक घनश्याम अर्याल र वडाध्यक्ष रामबहादुर बस्नेतले न्यानो कपडा वितरण गरेकोमा पाण्डेलाई धन्यवाद् दिनुभयो । प्रधानाध्यापक अर्यालले विद्यार्थीहरुको अध्ययन कार्यमा न्यानो कपडाले सहयोग पुग्ने बताउनुभयो । चुरामणी पाण्डे कुलदेव ज्योतिष तथा वास्तु सेवा प्रा.लि.का संस्थापक हुनुहुन्छ ।
उहाँ सानै उमेरदेखि ज्योतिषिय कार्यमा सहभागि हुदैँ आउनुभएको छ । उहाँले ज्योतिष तथा तन्त्र÷वास्तु सेवाका साथै अनलाइन परामर्श, पञ्चाङ्गा, मुहुर्त, धार्मिक÷पौराणिक कामकाज, तन्त्र साधना र अन्य सेवाहरु प्रदान गर्दै आउनुभएको छ । कार्यक्रममा बोल्दै ज्योतिष पाण्डेले विद्यालय एवं विद्यार्थीहरुलाई सहयोग गर्दा आफुलाई खुसि लागेको बताउनुभयो । कार्यक्रममा ज्योतिष पाण्डेलाई विद्यालयले सम्मान पत्रद्धारा सम्मान गरेको थियो ।


