चन्द्रकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक सम्पन्न
गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक तथा क्रियाशील सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रदेश उपसभापति शालिग्राम घिमिरे, केन्द्रीय प्रवास विभाग सदस्य हरि श्रेष्ठ, लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख सन्देश भण्डारी, गुल्मी निर्वाचन कमिटी संयोजक तथा रूपन्देही–गुल्मी सम्पर्क विभाग प्रमुख क्याप्टेन सीबी बस्नेत विशेष अतिथिका रूपमा उपस्थित थिए।

बैठकमा चन्द्रकोटमा पार्टीलाई जनतासामु कसरी सुदृढ बनाउने, स्थानीय समस्याहरू के-के छन्, हालका सम्भावित पहलहरू के-के हुन सक्छन्, गाउँ–गाउँमा विकासको अवस्था कस्तो छ र पार्टीको भूमिका कस्तो रहनुपर्छ भन्ने विषयमा केन्द्रित छलफल भएको थियो। कार्यक्रममा खुल्ला संवाद, अन्तरक्रिया र संगठन सुदृढिकरणका गतिविधिहरू पनि सञ्चालन गरिएका थिए।
चन्द्रकोट गाउँपालिका सभापति कमलबहादुर खत्रीले पालिकामा पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिबारे जानकारी गराउँदै भने, “देशको विकासका लागि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै सक्षम छ। आगामी निर्वाचनमा विवेकशील जनताले पार्टीलाई अत्याधिक मत दिई देशकै पहिलो पार्टी बनाउने दिशामा अघि बढ्न सबैले आफ्नो तह र क्षेत्रबाट सक्रिय योगदान दिनुपर्छ।” बैठकमा पार्टीले परम्परागत “भोटका लागि पैसा वितरण” प्रवृत्तिको सट्टा नयाँ अभियान ‘तपाईंको भोट हाम्रो पार्टीमा लगानी गर्नुहोस्’ उनले भने
पार्टीका पदाधिकारीहरूले यस अभियानले जनताको विश्वास र सहभागिता बढाउने लक्ष्य राखेको बताए। बैठकमा चन्द्रकोट गाउँपालिकाका क्रियाशील सदस्य र घन्टी मित्रहरूको बाक्लो उपस्थिति रहेको थियो। यसले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म पार्टीलाई सुदृढ बनाउने रणनीतिलाई अझ स्पष्ट र सबल बनाएको बताइएको छ।

