रास्वपाको कालीगण्डकीमा तदर्थ समिति गठन, दर्जनौं युवा प्रवेश
गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका तदर्थ समिति भव्य रूपमा गठन भएको छ।
समितिको नवगठित संरचना अनुसार डोल बहादुर खत्री सभापति, मात्रीका न्यौपाने उपसभापति, र कमल पाण्डेय सचिव रहेका छन्। सदस्यहरूमा चुडामणी न्यौपाने, केशवराज न्यौपाने (कमल), गिरी प्रसाद न्यौपाने, रिविका विश्वकर्मा, नरिश्वर न्यौपाने र चित्र बहादुर कुवर रहेका छन्।

कार्यक्रममा रास्वपाका समर्थकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। समाजमा पुराना दलप्रति निराश दर्जनौं युवा र विभिन्न क्षेत्रका व्यक्तिहरूले पार्टीमा प्रवेश गरेका थिए। यसले स्थानीय स्तरमा वैकल्पिक राजनीतिको चाहना बलियो भएको देखाएको छ।
कार्यक्रममा प्रत्यक्ष उम्मेदवार दामोदर भण्डारी, लुम्बिनी प्रदेश उपसभापति शालिग्राम घिमिरे, गुल्मी जिल्ला सचिव निशेस श्रेष्ठ, र चन्द्रकोट गाउँपालिकाका सभापति कमल खत्री लगायत करिब १५ जना नेता उपस्थित थिए।
नवगठित समितिले समाजमा व्याप्त विकृति र विसंगति हटाएर स्थानीय विकास र समृद्धिमा सक्रिय भूमिका खेल्ने लक्ष्य राखेको छ। साथै, आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा पनि समिति जुट्ने योजना बनाएको छ।
कार्यक्रमको वातावरण उत्साहपूर्ण थियो र सहभागीहरूले पार्टीको नयाँ नेतृत्व र भविष्यप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए।



