निर्वाचन प्रहरीमा आवेदन कम भएपछि दुई दिन म्याद थप



Screenshot

गुल्मी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा निर्वाचन प्रहरीमा आवेदन मागभन्दा कम परेको छ। जिल्लाभर मागभन्दा कम आवेदन परेपछि आवेदन दिने म्याद दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्लाभर नेपाल प्रहरीमा १ हजार ६ सय ९५ र सशस्त्र प्रहरी बलमा १ सय ७९ गरी कुल १ हजार ८ सय ७४ आवेदन खुला गरिएको थियो। तर हालसम्म नेपाल प्रहरीमा १ हजार ३ सय र सशस्त्र प्रहरी बलमा १ सय ४८ आवेदन मात्र परेको पाइएको छ।


Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गा बहादुर सारुका अनुसार नेपाल प्रहरीमा ३९५ र सशस्त्र प्रहरी बलमा ३१ आवेदन कम परेको छ। दुवै विभागमा आवेदन दिएका केही छनोट प्रक्रियामा सहभागी नभएकाले अहिले ४ सय २६ जनाका लागि आवेदन खुला गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर आवेदन दिने म्याद माघ १० र ११ गते थप गरेको हो।

इच्छुक र योग्य नेपाली नागरिकहरूले जिल्ला प्रहरी कार्यालय, तम्घास, इलाका प्रहरी कार्यालय रिडी तथा इलाका प्रहरी कार्यालय पुर्कोटदहमा स्वयम् उपस्थित भएर आवेदन दिन सक्ने प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिए।

साथै, पुस २५ देखि माघ ३ सम्म विभिन्न कारणले फारम भर्न नसक्ने उम्मेदवारहरूले पनि यो थप म्यादभित्र उपस्थित भएर छनोट प्रक्रियामा सहभागी हुन सक्ने जनाइएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.