सागर र गोविन्द दुवैलाई संसदमा पठाउनुस् : रवि लामिछाने



गुल्मी– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गुल्मीमा उर्लिएकाे जनसागर देखेर गुल्मीबाटै इतिहास रच्न सुरु भएको बताएका छन् । शुक्रबार सदरमुकाम तम्घासमा सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

​मतपत्रमा मत बदलेर अहिलेकाे क्रान्ति गर्न आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए । ‘अहिले देशमा इतिहास रच्ने हो, जून गुल्मीबाट सुरु भएको छ’, उनले भने, ‘यो इतिहास लेख्ने दिनको समापन यहीँ २१ गते हुनेछ ।’ उनले चुनावी भाषण आफूले नगर्ने तर गुल्मीमा उर्लिएकाे जनसागरले के गर्ने भनेर देखाइसकेकाे बताए ।


Advertisement
Advertisement

​उनले यसपटक संसदमा जादु गर्ने बताए । ‘गुल्मीले आफ्नो काम यो उपस्थितिबाटै पुष्टि गरेको छ’ उनले भने, ‘अब काम गर्ने हामीले हो, यसपटक संसदमा जादु गर्ने हो जादु ।’ त्यसका लागि जनताले मतपत्रमा जादु गर्नपर्ने बताए । उनले यसपटक मतदान र निर्वाचन होइन क्रान्ति हुने बताए । गुल्मी-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र गुल्मी-२ बाट गाेविन्द पन्थीको प्रशंसा गर्दै दुवै जनालाई संसदमा पठाउन उपस्थितिलाई आग्रह गरे । उनले थपे, ‘तपाईंले मत दिनुस्, तपाईंको इमान जोगाएनन् भने यहीँ चाेकमा ल्याएर छाडिदिन्छु ।’ तम्घासकाे लाकुरीमंचमा सम्बाेधन गर्दै उनले बताए । उनले पाँच मिनेट मात्रै आफ्नो कुरा राखेका थिए ।

​लगत्तै उनी तम्घास सहिदचाेकमा सहिद शमशेरबहादुर खत्रीको सालिकमा सफाइ, सल्युट र माल्यपर्ण गरेर अर्घाखाँचीतर्फ लागेका छन् । पाल्पाहुँदै गुल्मी आएका रवि लामिछाने अर्घाखाँची हुँदै फर्कने कार्यक्रम तय छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.