गुल्मीको रेसुङ्गा नगरपालिका प्रदेशमा पहिलो, देशमै पाचौँ
" गुल्मीको मालिका गाउँपालिका ८१.९८ अंकसहित तेस्रो तथा धुर्कोट गाउँपालिका ८०.५२ अंकसहित चौथो स्थानमा छन्। यी चार स्थानीय तहले मात्र ८० अंक पार गर्न सफल भएका छन । "गुल्मी – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा गुल्मीको रेसुङ्गा नगरपालिका देशमै पाचौँ र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको छ। बिहीबार आयोगले सार्वजनिक गरेको नतिजाअनुसार रेसुङ्गा नगरपालिकाले ७६.७५ अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका ३२ नगरपालिकामध्ये उत्कृष्ट स्थान हासिल गरेको हो।
गुल्मी जिल्लाका अन्य स्थानीय तहको कार्यसम्पादन अंक यस प्रकार छन् । जसमा रुरुक्षेत्र गाउँपालिका ७४.०८, छत्रकोट गाउँपालिका ७६.६५, गुल्मी दरबार गाउँपालिका ६१.१२, मदाने गाउँपालिका ६५.७८, इस्मा गाउँपालिका ५३.६९, चन्द्रकोट गाउँपालिका ५६.४५, सत्यवती गाउँपालिका ६८.५८, कालीगण्डकी गाउँपालिका ६५.९७ र मुसिकोट नगरपालिका ५९.३८ अंक प्राप्त गरेका छन्। जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा कम अंक इस्मा गाउँपालिकाले प्राप्त गरेको छ।
कार्यसम्पादन मूल्यांकनमा गुल्मीका कुन स्थानीय तहले कति अंक प्राप्त गरे हेर्नुहोस्

साथै, गत आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे–नगरेको पनि मूल्यांकनको आधार बनाइएको छ। यसरी रेसुङ्गा नगरपालिका जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्दै लुम्बिनी प्रदेशमै अग्रस्थानमा पुगेको छ भने मालिका र धुर्कोट गाउँपालिका राष्ट्रिय स्तरमा पनि शीर्ष स्थानमा पर्न सफल भएका छन्। इस्मा गाउँपालिका भने जिल्लामै सबैभन्दा कम अंकसहित पछाडि परेको छ।



