सांसद भण्डारीको प्रश्न : सफाइ पाइसकेका शर्मालाई फेरि थुन्नु पर्ने किन ?



काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अदालतले सफाइ दिइसकेको मुद्दामा सुनिल शर्मालाई फेरि थुनिएको भन्दै आपत्ति जनाएका छन् । उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपसमेत लगाए ।

नेपाली कांग्रेस संसदीय दलको बैठकपछि शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले भने, ‘जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । सुनील शर्मालाई थुन्नुपर्छ भन्ने छैन । मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु,’ सांसद भण्डारीले भने, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।’


Advertisement

उनले ललिता निवास प्रकरणको उदाहरण दिँदै शर्मालाई पक्राउ गर्नु गलत भएको दाबी गरे । भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि लागेर प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए ।

‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन,’ उनले भने, ‘सुनील शर्माले बोलेको कसैलाई नपचेको होला नि । कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने । सुनील शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.