नेपाली कांग्रेसका सांसद शर्मा एक दिनमै रिहा



काठमाडौं – शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा हिजो बिहीबार पक्राउ परेका सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनील शर्मा एक दिनमै रिहा भएका छन् ।

मेडिकल कलेज सञ्चालक समेत रहेका कांग्रेस सांसद डा शर्मामाथिको अभियोगबारे कुनै टुंगो नलाग्दै आज शुक्रबार साँझ उनलाई थुनामुक्त गरिएको हो ।


Advertisement

अदालतले ‘तारेखमा राखेर अनुसन्धान गर्नु’ भन्ने आदेश गरेपछि उनलाई रिहा गरिएको प्रहरीको भनाइ छ ।

सांसद शर्मालाई पक्राउ गरेपछि प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएसँगै सरकारले रिहाइको वातावरण बनाएको बताइएको छ ।

सुन तस्करीविरुद्ध बोलेको र वर्तमान सरकारका गृह र अर्थमन्त्रीको राजीनामा माग गरेर बारम्बार संसदमा आवाज उठाउँदै आएका उनलाई सरकारकै तजविजमा पक्राउ गरिएको चर्चा भइरहेको छ ।

शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने रिहा भएका छैनन् । सांसद शर्मा भने सक्तिका आडमा तत्काल रिहा भएका छन् ।

उनी पक्राउ परेसँगै नेपाली कांग्रेसले सरकार छाड्नसक्ने र वर्तमान सरकार ढल्न सक्नेसम्मको खतरा सृजना भएको थियो । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर अभियोग लागेका सांसद शर्मालाई तत्काल रिहा गरेर सरकारको जग मजबुत बनाउने प्रयत्न गरेका छन् ।

कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको तथा आफैंले अंक थपेको आरोप सांसद शर्मालाई लागेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन