होटल व्यवसायी मञ्च मुसिकोटले उधारो नतिर्ने ग्राहकको नाम सार्वजनिक गर्ने



गुल्मी – होटल व्यवसायी मञ्च मुसिकोटले उधारो नियन्त्रण अभियान अन्तर्गत पटक पटक जानकारी गराउँदा पनि उधारो भुक्तान नगर्ने ग्राहकहरुको नाम सार्वजनिक गर्ने भएको छ ।

मञ्चले गत वर्षदेखि थालेको उधारो नियन्त्रण अभियान अन्तर्गत उधारो नतिर्ने ग्राहकहरुको विवरण संकलन गरेको थियो । उक्त विवरणका आधारमा वडा नं २, ३, ६ र ७ नं वडाबाट व्यवसायीहरुले उधारो नतिर्ने ग्राहकहरुको विवरण मञ्चलाई दिएका थिए ।


Advertisement

ती निवेदनका आधारमा उधारो नतिर्ने ग्राहकहरुलाई फोन गर्ने र पत्राचार गर्ने गरेपछि केही ग्राहकहरुले भने उधारो भुक्तान गरेका थिए । तर अझैपनि केही ग्राहकहरुबाट पूणर् रुपमा उधारो असुल नभएपछि फोटो सहितको विवरण नै सार्वजनिक गर्न लागिएको होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले जानकारी दिनुभयो ।

लामो समयदेखि उधारो नतिर्ने ग्राहकहरुलाई अन्तिम समय दिने र त्यस्ता ग्राहकहरुको फोटो सहितको नामावली सार्वजनिक गर्ने तैयारी भईरहेको उहाँको भनाई छ ।

अहिलेसम्म विभिन्न वडाबाट झण्डै १० जना ग्राहकहरुले विभिन्न समयमा जानकारी गराउँदा पनि उधारो भुक्तान नगरेपछि होटल व्यवसायीहरुलाई परेको मर्कालाई लक्षित गरी उनीहरुको नामावली सार्वजनिक गर्न बाध्य बनेको उहाँले बताउनुभयो ।

उधारो नियन्त्रण अभियान अन्तर्गत उधारो मुक्त नगरपालिका बनाउन पहल थालिरहेको भन्दै उहाँले उधारो कारोबारलाई पूणर् रुपमा बन्द गराउन व्यवसायीहरुबीच विभिन्न समयमा छलफल तथा अन्तरक्रिया समेत भईरहेको जानकारी दिनुभयो । काफ्लेका अनुसार भदौ देखि नगरपालिकामा रहेका होटलहरुमा नयाँ मूल्य सूची कायम गर्ने र सोही अनुसार कारोबार गर्नेछन् ।स्रोत : जिटिभी नेपाल

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन