अरिङ्गालको टोकाइबाट गुल्मीका २१ वर्षीय युवाको मृत्यु



सांकेतिक तस्बिर

गुल्मी – अरिङ्गालले टाेक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकाेट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका शैलेस सिंह ठकुरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार, साेमबार साँझ ६ बजेको समयमा उनी साथीहरूसँग मुसिकाेट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जंगलमा अरिङ्गाल पाेल्न गएका थिए । बुबा भगवान सिंह ठकुरीका अनुसार अरिङ्गालले टाेक्दा घाइते शैलेस राति घरमा आएर सुतेको र मंगलबार बिहान उपचारको लागि गुल्मीको सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।


Advertisement

उनलाई बिहान साढे ८ बजे गुल्मी अस्पतालले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.