पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो,हेर्नुहोस् कति पुग्यो ?
काठमाडौ – निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।
यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।
इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।
हेर्नुहोस् वृद्धि भएर आएको मुल्य