भारतमा टमाटर बेच्दा झापाका एक व्यापारीलाई ११ लाख नोक्सान



झापा – झापा बिर्तामोडका एक व्यवसायीले ५ पिकअप टमाटर विक्री गर्दा उल्टै ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् । नोक्सानी व्यहोर्नेमा बिर्तामोडस्थित कृषिथोक बजारका खगेन्द्र महतो रहेका छन् ।

व्यापारी महतोले भारतमा टमाटर विक्री गर्ने हुँदा उक्त नोक्सानी व्यहोर्नु परेको छ । टमाटर विक्री गरेर नेपाल फर्किने क्रममा महतोलाई सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो । टमाटर बेचेर भारतीय रुपैयाँ साढे ३ लाख लिएर फर्किने क्रममा महतोलाई सशस्त्रले प्रतिबन्धित नोट बोकेको कारण नियन्त्रणमा लिएको थियो ।


Advertisement

भारतीय बजारमा टमाटर विक्रि गरेर फर्किने क्रममा महतो गत साउन २४ गते राती साढे ८ बजे मेची पुलमा पक्राउ परेका थिए । सोही दिन मध्यरातमा सशस्त्रले महतोलाई राजश्व अनुसन्धान इटहरी पुराएको थियो । सशस्त्रले भन्सारको कागज ल्याउन भनेपछि महतोले भन्सार गरेको कागजात पनि बुझाएका थिए । तर, सशस्त्रले प्रतिवन्धित नोटको आधारमा इटहरी पुराएको थियो ।

भन्सार गरेर ११ हजार ४ सय केजी टमाटर भारतीय बजारमा विक्री गरेर फर्किने क्रममा महतोले साढे ३ लाख भारु बोकेर आएका थिए । उनले भारु १, २ र ५ सयका नोट ल्याएका थिए । १ सयभन्दा माथिको भारतीय रुपैयाँ नेपालमा प्रतिवन्धित छ । उनले ल्याएका नोट प्रतिबन्धित भएका कारण उनी पक्राउ परेका हुन् ।  महतोले राजश्व अनुसन्धान इटहरीमा ५ लाख ६० हजार ५२५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

भन्सार मुल्यका आधारमा मात्रै बैंकबाट कारोवारको रकम ल्याउन नसकिने भन्दै महतोले कृषि वस्तुको पैसा आयात गर्दा सटही काउन्टरसम्म ल्याउन दिनुपर्ने बताएका छन् । किसानको ठुलो रकम गुमाउनु परेको गुनासो गर्दै किसानलाई कारोवारमा सहज बनाइदिन आग्रह गरेका छन् । उनले पैसाको आधिकारिकता बुझाउदा समेत उल्टै धरौटी बुझाउनु परेको बताए ।

भारत सरकारले २०२३ अगस्ट ५ देखि टमाटर आयात सुरु गरेको थियो । त्यसको दुई दिन पछि नेपाली व्यापारीहरुले टमाटर निर्यात गर्न थालेका थिए । भारत सरकारले अक्टोवरसम्म टमाटर आयातको लागि खुला गरेको छ । भारत निर्यात भएकै कारण महंगिएको टमाटर विस्तारै मुल्य घट्दै जाने व्यवसायीहरु बताउछन् ।

पछिल्लो समय टमाटर विक्रीको रकम ल्याउन नसकेको महतोले जानकारी दिए । उनले टमाटर पठाएर हिसाव गर्दै बसनेपरेको प्रतिक्रिया दिएका छन् । किसानलाई पैसा दिन नै कठिनाई भएको उनको भनाई छ ।स्रोत : इजलास डटकम

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन