गुल्मीमा १४ वर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता



गुल्मी: गुल्मीमा १४ वर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता भएकी छन्। मालिका गाउँपालिका-२, दुनाम गाउँकी निशा विक शुक्रबार बिहानदेखि घरबाट बेपत्ता भएकी हुन्।

च्यानडाडा माबी कक्षा-९ मा बढ्ने उनी बिहान ९ बजे स्कुल हिडेदेखि बेपत्ता भएको उनकी आमा बालकुमारी बिकले बताइन। ‘आमा, आज शुक्रबार हो, स्कुलमा पढाई हुन्न आज, सरहरुले बिरुवा रोप्ने भन्नू भछ भनेर आउट ड्रेसमा हिडेकी हो, साँझ सम्म आफन्तसँग बुझ्दा कतै फेला पत्ता लागेको छैन।’, उनकी आमाले भनिन्। निशाको साथमा मोबाईल नभएको उनले बताइन।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

उनलाई कसैले कहिँकतै देखेमा प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.