दुई बच्चालाई बोरामा राखेर भारत लैजाँदै गर्दा एक जना पक्राउ



सांकेतिक तस्बिर

काठमाडौं – दुई जना नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । 
सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।


Advertisement

सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा बच्चा फेला पारेको हो ।उद्धार गरिएका बच्चाहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.