भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो



काठमाडौं – भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो ।

प्याजमा निर्यात शुल्क तत्काल लागू हुनेछ भने आगामी डिसेम्बर ३१, सन् २०२३ सम्म जारी रहने बताइएको छ ।


Advertisement

भदौमा प्याजको मूल्य निरन्तर उकालो लागेपछि निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय भएको हो । आगामी महिना प्याजको मूल्य झनै बढ्नसक्ने तथ्यांकले देखाएको छ । अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो । जुन महिनामा भारतमा टमाटरको मूल्य महंगिएको थियो ।

भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो ३ अमेरिकी डलरसम्म पुगेको थियो । साथै टमाटरको मूल्य बढेसँगै नेपालबाट समेत टमाटर आयात गरेको भारतीय अर्थमन्त्री निर्माला सीतारमणले बताएकी थिइन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.