नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि सिडियो पुगे फिल्डमा



भरतपुर – चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) भूपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरोस्थलमा आफैँ फिल्डमा खटिएका छन् ।

उनीसहित चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र सडक डिभिजनका प्राविधिकसहितको टोली लिएर बिहानै ५ बजे पहिरो स्थलमा पुगेका हुन् ।


Advertisement

सोमबारदेखि कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी थापा कर्मचारी तथा सुरक्षाकर्मीको हौसला बढाउन पहिरो पञ्छाउन आफैँ फिल्डमा खटिएका हुन् ।

‘हामी भनेको जनताको सेवक हौँ । विपतमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुको हौसला बढाउन म आफैँ फिल्डमा खटिएको हुँ । जनताको सेवाको लागि रातदिन खट्ने गरेको छु ‘, उनले भने ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु हुन अझै चार घन्टा लाग्ने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ । थप पहिरो नखसे १२ बजेभित्र सवारी आवागमन एकतर्फी खुल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सोमबार राति इच्छाकामना ६ नाम्सीखोला पुलनजिकै पहिरो खसेपछि दुईतर्फी सवारी अवरुद्ध बनेको हो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.