जापानमा मृत्यु भएकी मिनाको शव नेपाल पठाउनको लागि आर्थिक संकलन गरिदै



बुटवल – बुटवलकी ४३ बर्षिया मिना डमरपालको उपचारको क्रममा जापानमा मृत्यु भएको छ । नेपालको रुपन्देही बुटवल घर भै हाल टोकियोको इताबाशी बस्ने मिना गत अगष्ट १ तारिख  देखी भाईरल ज्वोरोको कारण तोशिमा हस्पिटलमा उपचारको लागि भर्ना भएको तथा २ हप्ता सम्म क्रमिक सुधार देखिए पनि १५ अगष्टमा अकस्मात अचेत भै निहोन युनिभर्सिटी इताबाशी हस्पिटल रिफर गरी उपचारको क्रममा सोही दिन निधन भएको नेपाल मगर संघ जापानले बिज्ञप्ती जारी गरी जनाएको छ ।  

नेपाल मगर संघ जापानका पूर्व उपाध्यक्ष गोबिन्द डमरपालको श्रीमती मिना डमरपालको मृत्‍यु प्रती मगर संघले श्रद्धान्जली अर्पण गर्दै  शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गरेको छ। 


Advertisement

मृतकको शवलाई नेपाल पठाउने तयारी भएको हुँदा आवश्यक आर्थिक सहयोग जुटाउने कार्यको प्रारम्भ  गरिएकोले जापानस्थित सम्पूर्ण नेपाली संघ संस्था तथा जापानस्थित नेपाली समुदायमा आर्थिक सहयोगको लागि मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले अनुरोध गर्नुभएको छ ।   आर्थिक सहयोगको लागि जेपी बैंकको थापा ओम बहादुर(タパ オム バハドル 10060-25942481) नामको खातामा जम्मा गर्नको लागि आग्रह गरिएको छ ।

IMG_3254.jpeg

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.