ललिता निवास प्रकरण : ६ जनाले फिर्ता गरे ३ रोपनी सरकारी जग्गा



काठमाडौँ – ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ जनाले जग्गा फिर्ता गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारीको चरणमा ६ जनाले जग्गा फिर्ता गरेका हुन् ।

उनीहरुले ३ रोपनी १४ आना दुई दाम जग्गा सरकारको नाममा फिर्ता गर्ने लिखित कागज गरेका छन् । गीता गौतम खनालले १० आना २ दाम, गोविन्दलाल सङ्घईले ६ आना २ पैसा २ दाम, नितु गुरुङलगायतले १ रोपनी ४ आना जग्गा फिर्ता गरेको सिआइबीले जनाएको छ  । सिपिका खेतानले ७ आना ३ पैसा, सज्जन चाचान र देवासी गोयलले ८ आना र सीता ओझा गौतमले १० आना जग्गा फिर्ता गर्ने कागज गरेका हुन् ।


Advertisement

सिआइबीले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मंगलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । झन्डै ७ सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी ९ आना ३ दाममध्ये १४३ रोपनी ६ आना ३ पैसा ३ दाम सरकारी जग्गा योजनाबद्ध रूपमा संगठित समूहले किर्ते गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ ।

५७ दिन लगाएर गरिएको अनुसन्धानमा चार जना पूर्वमन्त्रीसहित २३८ जनालाई प्रतिवादी बनाएर १७ अर्ब ३५ करोड जरिबाना तथा १० वर्ष कैद सजाय गर्न माग गरिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन