दाङकाे नेपाल संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी



दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः तालाबन्दी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्नेगरी सहमति गरिएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

अखिल क्रान्तिकारीका नेता विष्णु चौधरी, अखिल क्रान्तिकारी नेपाल संस्कृत विश्वविद्यालयका प्रमुख सचिव अभयप्रताप चौवे र अखिल क्रान्तिकारी केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई समितिका गणेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दी गरिएको जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

विज्ञप्तिमार्फत नेपाल विद्यार्थी सङ्घसँग गरिएको सम्झौता रद्द गर्न समेत माग गरिएको छ । विभिन्न निहुँमा विद्यार्थीले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदैआएको छ । यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा गरेको तालाबन्दी करिब दुई महिनापछि खुलेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.