डाक्टरले शिशुलाई पाँच लाखमा विक्री गरिदिएपछि ……



काठमाडौं – मृत्यु शैय्यामा पुगेको विरामीलाई जिबन्त बनाउछन् अनि हामी चिकित्सक (डाक्टर) लाई भगवान समान मान्छौ । हो धेरै चिकित्सक (डाक्टर) भगवानकै रुपमा छन् । उनीहरु रात दिन विरामीकै सेवामा लागेका छन् । धेरैलाई मृत्यु शैय्याबाट बचाएका छन् । तर पछिल्लो समयमा केही चिकित्सकहरु बिरामी सेवामा होइन कसरी पैसा कमाउने भनेर नाफा कमाउने कालो धन्दामा लागेको पाइन्छ । यसैका उदाहरण हुन् कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण ।

डा. कर्णको कालो धन्दा भनेको विगतदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशुको बिक्री गर्ने । उनले केही दिनअघि अवैध सम्बन्धबाट जन्मेकी शिशु (छोरी) निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पत्ता लागेपछि प्रहरीले डा. कर्णसहित शिशुका अविवाहित बाबुलाई पक्राउ गरेको छ ।


Advertisement

भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट जन्मिएको शिशुलाई डा. कर्णले मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए । तर, प्रहरीले चाल पाएपछि बच्चा खरिद गर्ने सूर्यनारायण, उनकी पत्नी श्यामवती, आमा दिलमाया र दिदी सुधा राजवंशीलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यसरी भयो घटना

असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा शिशुको जन्म भएयो । त्यहाँका नर्सका अनुसार शिशुको तौल जन्मिदा २ केजी थियो तर, डा. कर्णले शिशुको तौल ९ सय ५० ग्राम मात्र भएको र धरान वा विराट नर्सिङ होममा थप उपचार गर्न लैजाने भन्दै नाम परिवर्तन गराएर बिक्री गरेका थिए । प्रेमी गोविन्दले उनकी प्रेमिकालाई असार १३ गते ग्रिनक्रस अस्पताल नजिकैको दिपेश मेडिकल क्लिनिकमा डा. कर्णको सल्लाहबमोजिम पुगे । त्यहाँ लगेर डा. कर्णले युवक र युवती दुवैको नाम र ठेगाना परिवर्तन गराएर क्लिनिककी सहयोगमार्फत अस्पताल भर्ना गराए ।

डा. कर्णको सल्लाह अनुसार नाम परिवर्तन भएपछि अहिले अस्पतालको रेकर्डमा युवकको नाम मानबहादुर तामाङ र युवतीको नाम फूलकुमारी तामाङ र ठेगाना सुनसरीको रामधुनी ११ भनेर उल्लेख छ । तर, सुनसरीको रामधुनीमा वडा नम्बर ११ नै छैन । गर्भवती युवतीलाई अस्पतालमा हुँदा तीनै क्लिनिकबाट डा. कर्णले खटाएकी निरु भनिने निरु यादवले रेखदेख गरेको प्रहरी अनुसन्धान खुलेको छ । अस्पतालका नर्सहरुभन्दा निरु नै बेसी खट्थिन् । औषधि पनि आफै क्लिनिकबाट लिएर आउँथिन् । १४ गते बिहान ८ बजेतिर गर्भवती युवतीको डेलिभरी भयो । निरु आफैँले डेलिभरी गराएकी थिइन् । डेलिभरीपछि डा. कर्ण अस्पताल आइपुगे र निरुले शिशुलाई सुधाको हातमा थमाइदिइन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.