सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बुधबार बाँडफाँड हुने



काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आगामी आइतबार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधबार शेयर बाँडफाँड गर्ने तयारी भइरहेको छ ।

कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

जुन माग भन्दा २.३२ गुणा बढी हो। त्यसकारण, सन नेपाल लाइफको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.