भदाै ३१ गतेदेखि सधैका लागि ‘मेसेन्जर लाइट’ बन्द हुने



काठमाडौं – आउँदो १७ सेप्टेम्बर अर्थात् भदाै ३१ देखि मेटाले आफ्नो ‘मेसेन्जर लाइट’ सधैंका लागि बन्द गर्ने भएको छ । हाल प्रयोगकर्ताले सो एप खोल्दा ‘मुख्य मेसेन्जर एपमा स्विच गर्नु’ भन्ने सूचना सहित डाउनलोड लिङ्क दिन थालिएकाे छ ।

सन् २०१६ मा मुख्य मेसेन्जर एपको विकल्पको रूपमा मेटाले मेसेन्जर लाइट सार्वजनिक गरेको थियो, जसले कम स्टोरेज र डेटा खपत गर्छ । 


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

पुराना र कम प्राेसेसरयुक्त एन्ड्राेइड फोनहरूमा मेसेन्जरको यो विकल्प बनेको थियो । तर अब कम्पनीले सधैंका लागि गुगल प्ले स्टोरबाट मेसेन्जर लाइट हटाउने घाेषणा गरेकाे छ । तर मेसेन्जर लाइट प्रयाेग गरिरहेका प्रयाेगकर्ता एपकाे डेटा वा च्याट भने डिलिट नहुने मेटाले जनाएकाे छ ।

यसअघि आईओएसका लागि उपलब्ध मेसेन्जर लाइट पनि सन् २०२० मा हटाइएकाे थियाे । हाल ७६ कराेड बढी एन्ड्राेइड फाेनमा मेसेन्जर लाइट एप उपलब्ध भएकाे बताइन्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.