पाल्पको तानसेन दरबार परिसर निर्माण गर्ने काम सुरु



पाल्पा– तानसेन नगरपालिकाले घरटहरा भत्काईएको दरबार परिसर व्यवस्थित गर्ने काम सुरु गरेको छ । नगरपालिकाले घरटहरा भत्काईएको क्षेत्रमा ढुंगा छाप्ने काम गर्न लागेको हो ।तानसेन नगरपालिकाले गत बैशाख ६ गते पाल्पा दरबार परिसरका ५७ घरटहरा भत्काउने र हटाउने कार्य सम्पन्न गरेको थियो । तानसेन नगरपालिकाको वडा नं. ३ र ४ को क्षेत्र पर्ने दरबार, सडक र सित्तलपाटी क्षेत्रमा ढुंगा छाप्ने कामका लागि ठेक्का सुरु भएको नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।

ढुंगा छाप्ने काम गर्न ए.वि. विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाण्डौले ४१ लाख ६९ हजार ६ सय ४३ रुपैंया ३७ पैसामा यही असार ९ गते सम्झौता गरेको छ । ठेकेदार कम्पनीले सम्झौता अनुसार २०८० मंसिर ३० गते सम्म काम सम्पन्न गरिसक्नुपर्ने छ । ८८/३३ घनमिटर ढुंगा सोलिङ र ३३/६४ घनमिटर पिपिसी गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।


Advertisement

यसबाहेक दरबार परिसर व्यवस्थापनको लागि भित्ता, मुल ढोका र भित्र पार्किङको लागि ठेक्का खोल्ने प्रक्रिया अघि बढेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले दरबार परिसरका घरटहरा हटाएपछी लामो समय सम्म त्यसको व्यवस्थापन नगरेको भन्दै स्थानीयले गुनासो गरेका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.