ललितपुरका नापी र मालपोत अधिकृतरिुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ: नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीसहित सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवाल, राउसाई होल्डिङ्गस् प्रालि ललितपुर सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

उनीहरुको मिलेमतोमा तत्कालीन टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको आयोगको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा सोही ऐनबमोजिम कैद र जरिवानाको मागदाबी गर्दै आज मुद्दा दायर गरेको हो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.