पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानका एक युवाको मृत्यु



सांकेतिक तस्बिर

पाल्पा – पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका–२ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको हो। जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।


Advertisement

मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.