बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य चुलिदैँ : मार खेप्दै उपभोक्ता



गुल्मी – पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा छन् । यतिबेला बजारमा दैनिक उपभोग गर्ने बस्तुको मूल्य आकाशिदै गएपछि यसको मार खेप्न उपभोक्ता बाध्य छन् । बजारमा टमाटर , प्याज  गोलभेडा , जिरा , चामल लगायत दैनिक उपभोग गर्ने वस्तुको भाउ महँगिएको छ ।

उपभोक्ताको माग अनुसारको उत्पादन नहुँदा गोलभेडाको भाउ दिनहुँ बढ्दै गएको हो । अहिले बजारमा टमाटर प्रतिकेजी २ सय , प्याज १ सय ८० रुपैयाँ , जिरा १ हजार २ सय ,गोलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएका छन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ । यस्तै, बजारमा जीराको भाउ समेत अचाक्ली बढेको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.