अस्पतालले फिर्ता पठाएका उज्जलीले बाटोमै जन्माइन बच्चा



बाजुरा – बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्।
व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी सुनारको चिकित्सकले चेकअप गर्दा समस्या देखिएपछि घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् ।


बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताए पछि आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याउने क्रममा बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताएकी छन्।


Advertisement

घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका–१० पानीभुवाको सडकमा बच्चा जन्माएको सार्कीले वताइन्। बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सार्कीले भेटाएकी थिइन्। अनमी सृजना सार्कीले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.